विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा वादविवाद तथा संवाद कार्यक्रम: अनिता र उपसना प्रथम
पाेखरा | भदौ ७, २०८१
पोखरा: पोखरा महानगरपालिका–१ मोहरियाटोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा शुक्रबारीय कार्यक्रम अन्तर्गत नेपाली वादविवाद तथा संवाद कार्यक्रम सम्पन्न भएको छ ।
‘‘गुणस्तरीय शिक्षा, अनुशासन र ज्ञान’’ भन्ने मूल नाराका साथ अगाडि बढिरहेको यस विद्यालयमा शुक्रबारीय कार्यक्रम अन्तर्गत नेपाली वादविवाद तथा संवाद कार्यक्रम सम्पन्न भएको हो ।

वादविवाद कार्यक्रममा मा.वि.तहमा कक्षा १० की छात्रा अनिता बि.क. प्रथम, कक्षा ९ की छात्रा प्रशंसा कार्की द्वितीय, सोही कक्षाका छात्राहरु क्रमशः ममता गुरुङ तृतीय र अंशु भुजेल सान्त्वना भए ।
यस्तै आधारभुत (सिनियर) तर्फ कक्षा ७ की छात्रा उपासना रेग्मी प्रथम, कक्षा ६ की छात्रा सबिता सुनार द्वितीय र सोही कक्षाका छात्रहरुद्वय आदित्य लम्साल र पेरिस पौडेलले सान्त्वना स्थान प्राप्त गरे ।
यस्तै आधारभुत (जुनियर) तर्फको संवाद प्रतियोगितामा कक्षा ४ का छात्राहरु दिया क्षेत्री र युनिका खनाल प्रथम, कक्षा ३ का छात्राहरु सुजिता बाल्कोटी र सइसा तामाङ द्वितीय, कक्षा ५ का छात्राहरु आकृति पाण्डे र कृष्टन जोशी तृतीय र कक्षा २ का छात्राहरु एञ्जिला थापा र इभानी बास्तोलाले सान्त्वना स्थान गरे ।
विद्यालयका प्राचार्य कृष्णकुमार श्रेष्ठले उक्त विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै विद्यार्थीहरुमा अझ बढी पढाईतर्फ लगाव होस् भन्ने हेतुले यस्ता विविध कार्यक्रमले सहयोग हुने बताए ।
छुट्टाछुट्टै भएको यस कार्यक्रमको निर्णायक मण्डलमा शैक्षिक प्रमुख होमराज अधिकारी र नेपाली शिक्षिकाद्वय माया क्षेत्री तथा शर्मिला शर्मा थिए भने कार्यक्रमको सञ्चालन आधारभूत तहमा उर्मिला परियार र मा.वि. तहमा अतिरिक्त क्रियाकलाप संयोजक राजु बयलकोटीले गरेका थिए ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

